नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ। मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

‘जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ’, उनले भने, ‘बाँकी तीन जना उपचारपछि घर फर्कनुभएको छ ।’ साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो ।

बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका रहेका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।

‘तीन जना सङ्क्रमितहरू उपचारपछि घर जानुभएको छ । सङ्क्रमितहरूको घरपरिवारको लक्षण भए नभए निगरानी गरिएको छ’, उनले भने, ‘सङ्क्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएका छौँ ।’

जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमूना सङ्कलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए ।

Mosquito Biting Lamkhutte

August 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको