खल्ती काटेर पैसा चाेरी गर्ने व्यक्ति पक्राउ

बनेपा । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका वडानम्बर ७ गैराथाेकका हर्कबहादुर तामाङकाे खल्तीलाई ब्लेडले काटेर २४ हजार २०० नगद चाेरी गर्ने रामेछापका अर्जुन तामाङ पक्राउ परेका छन् ।

साेमबार साँझ हर्कबहादुर पनौतीबाट काठमाडाैं जाने क्रममा भाडाको बस चढेर जाँदै गर्दा बनेपा नगरपालिका वडानम्बर १० सेताेपाटी नजिक उनकाे खल्ती काटेर अर्जुन तामाङले साे रकम चाेरी गरेका थिए ।

रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ०७ बस्ने अर्जुन तामाङले आफ्नाे काेटकाे खल्ती काटेर पैसा चाेरेकाे थाहा पाएपछि हर्कबहादुरले मेराे पैसा चाेरी भयाे भनेर गुहार मागेका थिए । लगत्तै अर्जुन तामाङ बसबाट झरेर फरार भएकाे भन्दै प्रहरीलाई खबर भएपछि खटिएकाे प्रहरी टाेलीले निज तामाङलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका तामाङकाे शरीर खानतलासी गर्दा प्रहरीले २४ हजार २०० नगद र सिमकार्ड प्रयाेग नभएकाे एक थान माेबाइल तथा स्विच अफ गरिएकाे एक थान माेबाइल बरामद गरेकाे थियाे । निज तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चाेकबाट ५ दिनकाे म्याद थप गरेर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

September 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको