काभ्रेमा साउनयता ७ जनामा डेंगु सङ्क्रमण

बनेपा । भदाै-असाेजकाे समय डेंगुको सङ्क्रमण धेरै हुने समय हाे । भदाै लागेसँगै देशभर डेंगु सङ्क्रमण पनि बढीरहेकाे छ। काभ्रेमा पनि डेंगु सङ्क्रमित देखा परेका छन् ।

गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे । याे वर्ष साउन १ देखि भदाै १ गतेसम्म ७ जनामा सङ्क्रमण पुष्टि हुँदा मण्डनदेउपुरमा मात्र ५ जनामा सङ्क्रमण देखिएकाे छ भने पाँचखालमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएकाे छ। जसमा पुरुषकाे संख्या २ र महिलाकाे संख्या ५ जना रहेकाे छ ।

उता स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ। एक हप्ताकाे अवधिमा देशभर २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो सात दिनमा बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

डेंगु सङ्क्रमणबाट हालसम्म २ जनाको मृत्यु भएको र देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको महाशाखाले जनाएकाे छ।

Dengue

September 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको