बनेपा । यस वर्ष पनि काभ्रेमा डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यो वर्ष साउन १ देखि भदौ १९ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा धुलिखेलमा एक जना, बनेपामा ५ जना, पनौतीमा एक, पाँचखालमा ३, मण्डनदेउपुरमा ७ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै भुम्लुमा ३ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमा पुरुषको संख्या ६ र महिलाको संख्या १४ जना रहेको छ ।

September 4, 2025, Jyotishsanchar press

