काभ्रेमा दुई महिनामा २६ जनामा डेंगु सङ्क्रमण

बनेपा । यस वर्ष काभ्रेमा हालसम्म २६ जनामा डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो वर्ष साउन १ देखि असाेज १ गतेसम्म २६ जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा एक जना, बनेपामा ८ जना, पनौतीमा एक, पाँचखालमा ४, मण्डनदेउपुरमा १० जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमा पुरुषको संख्या १० र महिलाको संख्या १६ जना रहेको छ।

Dengue

September 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको