काठमाडौँ। देशका ७४ जिल्लाबाट चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म चार हजार ४७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ। डोल्पा, हुम्ला र मनाङ जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन।
गण्डकी प्रदेशमा एक हजार १९५ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ९६३, कोशीमा ६९८, लुम्बिनीमा ७९८, सुदूरपश्चिममा ५२६, कर्णालीमा २०९ र मधेशमा ८९ जनामा डेङ्गु पुष्टि भएको छ।
डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ।

September 18, 2025, Jyotishsanchar press

