काठमाडौँ । काठमाडाैं महानगरपालिकाले विगत एक वर्षदेखि विभिन्न कारणले राेकिएकाे एम्बुलेन्स वितरण कार्य असाेज ७ गते सोमबारदेखि शुरु गर्ने भएकाे छ ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएकाे महानगर प्रमुख बालेन्द्र शाहले फेसबुकमार्फत जानकारी दिएका छन् ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको उनले बताए ।

September 21, 2025, Jyotishsanchar press

