देशभर डेङ्गु सङ्क्रमण बढ्याे

काठमाडौँ । देशभर डेङ्गु सङ्क्रितकाे संख्या बढेकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको हाे ।

डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ।

तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेस प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जनामा सङ्क्रमण पुष्टी भएकाे छ ।

Dengue

September 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको