बनेपा । यस वर्ष काभ्रेमा हालसम्म २७ जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यो वर्ष साउन १ देखि असाेज १२ गतेसम्म २७ जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा एक जना, बनेपामा ६ जना, पनौतीमा एक, पाँचखालमा ५, मण्डनदेउपुरमा १२ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमा पुरुषको संख्या ८ र महिलाको संख्या १९ जना रहेको छ।

October 5, 2025, Jyotishsanchar press

