बनेपा । यस वर्ष काभ्रेमा हालसम्म ३० जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यो वर्ष साउन १ देखि असाेज २२ गतेसम्म ३० जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा एक जना, बनेपामा ६ जना, पनौतीमा एक, पाँचखालमा ६, मण्डनदेउपुरमा १४ जनामा सङ्क्रमण देखिएको छ। गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकाेमा यस वर्ष मण्डनदेउपुरमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ।
यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जसमा पुरुषको संख्या १० र महिलाको संख्या २० जना रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको जनाएको छ।

October 8, 2025, Jyotishsanchar press

