काभ्रेमा डेंगु सङ्क्रमितकाे संख्या कति छ ?

बनेपा । यस वर्ष काभ्रेमा हालसम्म ३३ जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो वर्ष साउन १ देखि असाेज २८ गतेसम्म ३३ जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा एक जना, बनेपामा ८ जना, पनौतीमा एक, पाँचखालमा ७, मण्डनदेउपुरमा १४ जनामा सङ्क्रमण देखिएको छ। गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकाेमा यस वर्ष मण्डनदेउपुरमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ।

यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जसमा पुरुषको संख्या १२ र महिलाको संख्या २१ जना रहेको छ।

Dengue

October 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको