काभ्रेपलाञ्चोक। शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगनको बारेमा ध्यानाकर्षण गराएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै यसकाे विराेध गरेकाे हाे । विज्ञप्तिमा भनिएको छ– ‘२०१६ सालमा सेभेन्थ–डे एड्भेन्टिस्ट संस्थाद्वारा स्थापना गरिएको शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालद्वारा काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली (पूर्व १ नं.) लगायत जिल्लाका जिल्लावासीहरूलाई सर्वसुलभ स्वास्थ्य सेवा विगत ६५ वर्षदेखि निरन्तररूपमा उपलब्ध गराउँदै आएको तथ्य यहाँहरू सबैलाई अवगत नै छ ।
त्यस क्रममा नेपाल सरकारको बजेट विनियोजन अन्तर्गत “बनेपा नगरपालिका र यस अस्पतालबीच लामो समयदेखि द्विपक्षीय सम्झौता भई आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएकोमा”, आगामी आ.व. २०८२/८३ का लागि सो कार्यक्रममा संघीय सरकारबाट पर्याप्त बजेट विनियोजन नभएको र उक्त बजेटबाट कार्यक्रम सञ्चालन गर्न पर्याप्त नहुने देखिएकोले, स्रोत सुनिश्चित नहुन्जेलसम्म पूर्व सम्झौता अनुसारको आमा सुरक्षा कार्यक्रम मिति २०८२ कार्तिक १ गतेदेखि स्थगन गरिएको जानकारी बनेपा नगरपालिकाको मिति २०८२ असोज २७ गते, चलानी नं. ६२८ को पत्रद्वारा प्राप्त भएकोले सोही अनुरूप सो सेवा स्थगन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । अतः सो सेवासँग सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरूमा यो जानकारी अनुरोधपूर्वक प्रस्तुत गरिन्छ ।’
डा. हेक्टर गायरस, एम.डी.
प्रमुख कार्यकारी अधिकृत

October 15, 2025, Jyotishsanchar press

