नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७

काठमाडौँ । यस वर्ष नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७ पुगेको छ। सबैभन्दा धेरै गण्डकी प्रदेशमा संक्रमित रहेका छन् । यहाँ १ हजार ५ सय ६२ जना संक्रमित रहेको तथ्यांक रहेकाे छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

यो साता बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय २५ जनामा संक्रमण देखिएको इडिसिडीले जनाएको छ । त्यसपछि क्रमशः कर्णाली प्रदेशमा १ सय १ जनामा संक्रमण देखिएको छ भने सुदुरपश्चिममा ५९, लुम्बिनीमा ५८, गण्डकीमा ४९, कोशीमा २८ र मधेश प्रदेशमा ८ जना गरी ४ सय २८ नयाँ संक्रमति थपिएका छन् ।

Dengue

October 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको