धुलिखेलमा भएकाे स्वास्थ्य शिविरमा ७८३ जनालाई सेवा

काभ्रे । धुलिखेलमा भएकाे स्वास्थ्य शिविरमा ७८३ जना नागरिकले सेवा लिएका छन् ।

नगरपालिकाकाे वडा नम्बर ८ काे आयाेजना र कान्छीमाया तामाङ मेमोरियल अस्पतालको सहयोग र समन्वयमा बडालगाउँमा रहेकाे बाल बिनायक विद्यालयमा आज भएकाे शिविरमा ७८३ जना नागरिकले सेवा लिएका वडानम्बर ८ का वडाध्यक्ष बिनाेद गाैतमले जानकारी दिनुभयाे ।

Taiwan Root Medical Peace Corps team काे सहयोगमा संचालन भएकाे निःशुल्क स्वास्थ्य शिविरमा करिव ४० जना स्वास्थ्यकर्मी डाक्टरहरुले बिरामीकाे उपचार गरेका थिए ।
शिविरमा दन्तरोग सेवा, छाला तथा यौन रोग सेवा, आँखा जाँच सेवा, अकुपन्चर , स्त्रीरोग सेवा लगायत ९ प्रकारका स्वास्थ्य सेवाहरु उपलब्ध थियो ।

कार्तिक २३ गतेदेखि याे टाेलीले काभ्रेका पाँच वटा पालिकामा स्वास्थ्य शिविर संचालन गरिरहेकाे छ । भाेलि कार्तिक २७ गते मण्डनदेउपुर नगरपालिका ४ मा रहेकाे महाकाली माविमा शिविर संचालन हुने कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर थाेकर तामाङले जानकारी दिनुभयाे ।

581374605 25408432775511897 6984319078176369933 N

November 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको