आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडाैं । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ तथा पुरानो कोर्स र ग्रेड वृद्धिको परीक्षा लिइँदैछ।

वैशाख २७ गतेसम्म सञ्चालन हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा दिने व्यवस्था नहुने बोर्डले जनाएको छ। यसपटक नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थी सहभागी छन्, जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ जना छन्। आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीसमेत गरी कुल चार लाख १८ हजार आठ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको