रोजगारी सिर्जना र सामाजिक सुरक्षा सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको नेपालको भनाइ

नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण तथा सामाजिक र आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप) को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले यस्तो बताएका हुन्।

शुक्रबार आयोजित अधिवेशनमा बोल्दै उनले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए। पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

ब्याङ्ककस्थित नेपाली राजदूतावासका अनुसार मल्लले नेपालको राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नीतिगत सुधारका प्रमुख प्रयासबारे पनि अधिवेशनमा जानकारी गराएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको