काठमाडाैं । अभिनेता दीपकराज गिरी र दीपाको आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ। त्यसअघि बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा शुभसाइत पूजा गरिएको हो।
यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला हो। सामाजिक–राजनीतिक कथावस्तुमा आधारित यस फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्।
फिल्मको पटकथा दीपकराज गिरी र दीपेन्द्र लामाले संयुक्त रूपमा लेखेका हुन्। पोखरा, नुवाकोट र काठमाडौंमा छायांकन गरिने फिल्मको छायांकन सुरु भएको जानकारी दीपकराजले सामाजिक सञ्जालमार्फत तीन जना कलाकार सार्वजनिक गर्दै दिएका छन्।

