ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको स्वयम्भूमा अन्त्येष्टि, गृहमन्त्रीले बोके शव

काठमाडौं । सवारी दुर्घटनामा परी निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामा को आज स्वयम्भू स्तूप मा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई लामाको शव बोकेका थिए। अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेत स्वयम्भू पुगेका थिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा बीएन्डबी अस्पताल मा मंगलबार बिहान निधन भएको थियो।

लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको