काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले मुद्दालाई ‘हेर्दाहैर्दै’ मा राखेको छ। बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।
आजको बहस नसकिएपछि मुद्दाको सुनुवाइ शुक्रबार पनि जारी रहने गरी तय गरिएको छ।

