काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुनले सांसदलाई “जनताको नोकर” भन्दै जनताको मतबाट निर्वाचित प्रतिनिधिले नागरिकको सम्मान गर्नुपर्ने बताएका छन्। उनले स्वागत नगरेको विषयलाई लिएर विद्यालयका प्रधानाध्यापकलाई धम्की दिएको घटना गम्भीर गल्ती भएको उल्लेख गर्दै सम्बन्धित सांसदलाई जनतासँग माफी माग्न आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफ्नो क्षेत्रको एक विद्यालयका प्रधानाध्यापकले स्वागत नगरेको भन्दै गालीगलौज र धम्की दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
पुनले यस्तो व्यवहारले सम्पूर्ण सांसदको बेइज्जत भएको टिप्पणी गर्दै जनप्रतिनिधिले पदको मर्यादा कायम राख्दै आफ्नो समय र क्षमता जनसेवामा समर्पित गर्नुपर्नेमा जोड दिएका छन्। उनले पोखरेललाई आफ्नो अभिव्यक्तिका लागि माफी माग्न वा जनताबाट फिर्ता बोलाइनुपर्ने समेत बताएका छन्।

