काठमाडौँ । कञ्चनपुर मा ९ ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–४ बैवाह निवासी २० वर्षीय बासुदेव महरालाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। हाल महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

