पोखराबाट ब्राउन सुगर र ९ लाख नगदसहित एक महिला पक्राउ

काठमाडौं । पोखरामा ठूलो मात्रामा ब्राउन सुगर र नगदसहित एक महिला पक्राउ परेकी छन्। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरा–११ फूलबारीबाट २७ वर्षीया मन्दिरा मगर पक्राउ परेकी हुन्।

प्रहरीले छापा मार्ने क्रममा उनको साथबाट १०२.३७ ग्राम ब्राउन सुगर र ९ लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। साथै ब्राउन सुगर जोख्न प्रयोग हुने डिजिटल तराजु र मोबाइलसमेत बरामद गरिएको छ।

लमजुङ मध्यनेपाल–६ स्थायी घर भई हाल पोखरामा डेरा गरी बस्दै आएकी मगरको कोठाबाट उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा छापा मारिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगर र नगद ल्याब परीक्षणका लागि पठाइएको छ भने अदालतबाट अनुसन्धानका लागि म्याद थप प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको