आजदेखि विद्यार्थी भर्ना शुरू, पठनपाठन वैशाख २१ देखि

काठमाडाैं । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा शुरू भएको छ। यसअघि सरकारले वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो।

अघिल्ला वर्षहरूमा वैशाख २ देखि नै शैक्षिक सत्र शुरू हुने र निजी विद्यालयले झन् अगाडिबाट भर्ना तथा पढाइ सुरू गर्ने अभ्यास थियो। यसपटक भने शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसँगै शैक्षिक तालिका परिवर्तन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

यद्यपि, सरकारको निर्णयप्रति असहमति जनाउँदै काठमाडौँ उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि नै भर्ना र वैशाख १५ गतेदेखि पठनपाठन सुरू गर्न आग्रह गरेको थियो, जसले भर्ना प्रक्रियामा केही अन्योल सिर्जना गरेको छ। अहिले भने केन्द्रले आजदेखि भर्ना र २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको