जोखिमयुक्त बस्ती हटाउँदै सरकार, प्रभावितलाई होल्डिङ सेन्टर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै देवीनगर क्षेत्रमा रहेका पक्की घरहरू भत्काउन थालेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले आजदेखि धोबीखोला किनारका अवैध संरचना हटाउन सुरु गरिएको जानकारी दिएका छन्।

यसअघि बल्खु र कालिमाटी क्षेत्रका जोखिमयुक्त बस्ती हटाइएको थियो। महानगरका अनुसार हालसम्म उपत्यकाभर करिब दुई हजार घरटहरा हटाइसकिएको छ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीनहरूको लगत संकलन भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको