काठमाडौँ । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर हाल प्रहरी वृत्त सिंहदरबारमा राखेको जनाएको छ।
आज सर्वोच्च अदालतमा फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ भएको थियो। उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनी वादीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको हो। मुद्दामा आदेश आउन भने बाँकी रहेको छ।

