घूससहित पक्राउ परेका मालपोतका नासुविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिएको आरोपमा उनलाई आयोगको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा घूस लिएको पुष्टि भएपछि अख्तियारले बिगोअनुसार जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको