काठमाडाैं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेट नेट अभ्यास मैदानको उद्घाटन अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हरमीत सिंहले गरेका छन्।
अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका सदस्य हरमीत सिंहले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट समेत उत्कृष्ट प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको युनिग्लोब कलेजले क्रिकेट अभ्यासका लागि नयाँ सुविधा विस्तार गरेको हो। यसअघि कलेजमा फुटसल र बास्केटबल मैदान पनि सञ्चालनमा रहेका छन्।
कलेजका अनुसार नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विद्यार्थीलाई खेलतर्फ प्रोत्साहन गर्ने उद्देश्यले नेट अभ्यास मैदान निर्माण गरिएको हो।
सन् २००९ मा स्थापना भएको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो। कलेजमा हाल BCSIT, BBA, BBA (Finance), MBA तथा MBA (Finance) कार्यक्रम सञ्चालनमा छन्। साथै, युनिग्लोब प्रिमियर स्कुल/कलेजमा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना पनि खुला गरिएको छ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहको पनि उपस्थिति रहेको थियो। कलेजका अध्यक्ष डा. नरबहादुर बिष्टले विद्यार्थीलाई पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमार्फत बहुआयामिक रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
क्रिकेटर हरमीत सिंहले क्रिकेटजस्तो लोकप्रिय खेललाई प्रोत्साहन गरेकोमा युनिग्लोब कलेजप्रति धन्यवाद व्यक्त गरेका थिए।

