काठमाडाैं । चितवनमा १३ जनामा औलो (मलेरिया) रोग संक्रमण पुष्टि भएको छ । औलो संक्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमित सबै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू हुन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा मलेरिया रोग सर्ने गर्दछ ।
मलेरियाका बिरामीमा लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, वान्ता हुने, जाडो महसुस हुने, शरीर काँप्ने तथा पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिने गरेका छन् ।

