काठमाडाैं । दाङमा किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भनिने राजेन्द्र चौधरी रहेका छन् । उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।
१९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ओम, राजेन्द्र तथा तुलसीपुर–८ टिकरीका २४ वर्षीय राजेश चौधरीविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोप लागेका राजेश फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

