तारकेश्वरमा किशोरमाथि चक्कु प्रहारको आरोपमा एक जना पक्राउ

काठमाडाैं । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भई तारकेश्वरमा बस्दै आएका १८ वर्षीय उज्ज्वल मगर रहेका छन् ।

प्रहरीका अनुसार वैशाख ४ गते आरोपीसहित ४–५ जनाको समूहले खोटाङ घर भएका १९ वर्षीय नवराज गिरीलाई चक्कु प्रहार गरेको आरोप छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उज्ज्वल मगरलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो ।

उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको