काठमाडाैं । ललितपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई हाल ललितपुर–९ भोलढोकामा बस्ने २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुइटोल बस्ने २० वर्षीया नीता शिवालाई पक्राउ गरिएको हो।
उनीहरूलाई ललितपुर–८ भोलढोका क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ट्रामाडोल ३८२ ट्याब्लेट र २७ ग्राम गाँजा बरामद गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

