रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

काठमाडाैं । रौतहटमा सोमबार साँझ आएको हुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको कच्ची घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी थिइन्। हुरीका कारण टायलको छानो र बाँसको बार भएको एकतले घर भत्किएको प्रहरीले जनाएको छ।

घाइते फूलकुमारीको उपचारका क्रममा रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा राति मृत्यु भएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको