कुटपिटबाट एक महिलाको मृत्यु

काठमाडाैं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलमा श्रीमान्‌को कुटपिटबाट ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, श्रीमान्‌को कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको हो ।

आज बिहान करिब १०:३० बजे मनहरी गाउँपालिका–३ घर भई हाल हेटौँडा–१ मा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले श्रीमती ४२ वर्षीया भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।

प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले घाइते भुजेललाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

कुटपिट गरेको आरोपमा श्रीमान् रामलाल ब्लोनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको