कामपाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण, उच्चतम ९२ अंक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। आइतबार सम्पन्न परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गरेका विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा प्रकाशन गरिएको महानगरपालिकाले जनाएको छ। उक्त छात्रवृत्ति महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि प्रदान गरिनेछ।

विद्यार्थीहरूले अनलाइन आवेदन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।

महानगरका शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा भएकाले चित्त नबुझेका विद्यार्थीले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्।

परीक्षामा एक विद्यार्थीले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन्। त्यस्तै, दोस्रो स्थानमा रहेका एक विद्यार्थीले ९१ अंक ल्याएका छन् भने पाँच जना विद्यार्थीले ९० अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको