सल्यानका सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद

काठमाडौँ । सल्यानका विभिन्न सामुदायिक वन क्षेत्रबाट प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धगुफा सामुदायिक वनबाट तीन थान, बस्नेउरा सामुदायिक वनबाट तीन थान तथा त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारिएको हो।

बरामद गरिएका बन्दुक वन्यजन्तुको चोरीसिकारीका लागि लुकाएर राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। एक साताको अवधिमा विशेष खोजतलासका क्रममा ती बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको