कुश्मामा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडाैं । पर्वतको कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ध२प ३८०५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा जलजला गाउँपालिका–९ बनौका करिब ४० वर्षीय हिरा गर्बुजा र कुश्मा नगरपालिका–१ मालढुङ्गाका अन्दाजी ३५ वर्षीय सुजन भण्डारी रहेका छन्।

गम्भीर घाइते दुवै जनालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको