उर्लाबारीमा ब्राउन सुगरसहित दुई जना पक्राउ, थप अनुसन्धान जारी

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा दुवै जनाबाट प्लास्टिकसहित र प्लास्टिकबिना गरी कुल करिब ३० ग्रामभन्दा बढी ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको