काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
प्रहरी स्रोतका अनुसार पौडेललाई पक्राउ गरेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। पक्राउसँगै सम्बन्धित निकायले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
पक्राउको कारण र अनुसन्धानको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

