काठमाडौं । दाङमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ भखारेका ३५ वर्षीय बामदेव विक रहेका छन्। उनलाई मंगलबार राति पक्राउ गरिएको हो।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विकमाथि हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

