नख्खु कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

काठमाडौँ । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ साल भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवालाई पक्राउ गरिएको हो।

लागुऔषध (अफिम) सम्बन्धी मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएका वाइवा नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका बेला आन्दोलनको अवसरमा फरार भएका थिए।

उनीलाई मकवानपुरको बकैया गाउँपालिका–४ स्थित जुरेली बजारबाट फेला पारी मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको