गाउँपालिका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा पर्साका वडाध्यक्ष पक्राउ

काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाले अभद्र व्यवहार मुद्दाअन्तर्गत पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लले जानकारी दिए।

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।

प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेललाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको