नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवासमेत ठप्प

काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्।

अस्पतालका करिब ७० चिकित्सकमध्ये हालसम्म करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ।

गत शनिबार भएको घटनापछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षकको राजीनामा माग गरेका थिए। माग पूरा नभएपछि उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्।

शनिबार नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको घटनापछि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनका कारण हाल अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। स्वास्थ्यकर्मीहरूले आकस्मिक सेवा ठप्प पारेर विरोध प्रदर्शन जारी राखेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको