काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर–१२ स्थित एक खाजाघरबाट ७० हजार रुपैयाँ बराबरका नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाको टोलीले खानतलासी गर्दा ५०० दरका १४० थान नक्कली भारतीय नोट बरामद गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट २ हजार ७५८ भारतीय रुपैयाँ, २ हजार १८० नेपाली रुपैयाँ र दुई थान मोबाइल पनि बरामद गरेको जनाएको छ। दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।

