चितवनमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ, नगद र तास बरामद

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।

शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको कमलबहादुर न्यौपानेले सञ्चालन गरेको ‘विकल्प खाजा घर’मा तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, रास्वपा कार्यकर्ता ४० वर्षीय पौडेल, ध्रुव कोइराला, रबिन काफ्ले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी, वीरेन्द्र गिरी, नवीन जोशी, अमित कोइराला र मोती शर्मा रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ७१ हजार ५१५ रुपैयाँ नगद, चार बुक तास तथा मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको