भक्तपुर अस्पतालमा तोडफोड गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा तोडफोड गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ निवासी ३४ वर्षीया जानकी तामाङ रहेको प्रहरीले जनाएको छ।

साउन १३ गते भएको घटनाको अनुसन्धानका क्रममा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको