काठमाडौं र पाल्पाबाट जुवा खेल्दै गरेका १७ जना पक्राउ

काठमाडौं । काठमाडौं र पाल्पाका छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१० थापागाउँस्थित एक कोठाबाट रामेछापका ५३ वर्षीय रहरबहादुर मगरसहित ९ जनालाई नगद २ लाख २३ हजार रुपैयाँ र २ बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै, पाल्पाको माथागढी गाउँपालिका–३ मा तुल्सीराम मश्राङ्गीको घरबाट उनीसहित ८ जनालाई नगद ७७ हजार ९६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको