भक्तपुरमा तास खेल्दै गरेका ७ जना पक्राउ, नगद र तास बरामद

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित चुन्देवी हाइटमा तास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार आरती खाजाघरमा तास खेलिरहेको अवस्थामा गएराति करिब पौने १ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूको साथबाट नगद रु १८ हजार ४५५ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती, भक्तपुरमा राखिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको