कोशी प्रदेशमा एक वर्षमा २७ हजार ६९३ किलो गाँजा बरामद

काठमाडौं । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६९३ किलो गाँजा बरामद गरेको छ। यो अघिल्लो आर्थिक वर्षको २६ हजार ७०५ किलोको तुलनामा ९८८ किलो बढी हो।

प्रहरीका अनुसार गत आर्थिक वर्षमा १० किलो ३८७ ग्रामभन्दा बढी ब्राउन सुगर, १४५ ग्रामभन्दा बढी चरेश, विभिन्न मनोद्वीपक ७ लाख ४४ हजार ४५७ थान चक्की र २० हजार ४९ थान सुईसमेत बरामद गरिएको छ।

यस अवधिमा कोशी प्रदेशका विभिन्न जिल्लामा १ हजार ३९४ रोपनी क्षेत्रफलमा लगाइएका २ लाख ६४ हजार ८३० गाँजाका बिरुवा पनि नष्ट गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा हातहतियारसम्बन्धी ३२ वटा मुद्दा दर्ता गरी ४५ जनालाई पक्राउ गरिएको तथा ५५ थान हतियार बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको