धनुषा / धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १० जना कुटपिट तथा २ जना घरेलु हिंसासम्बन्धी मुद्दामा जरिवाना तथा सजाय तोकिएका अभियुक्त रहेका छन्।
जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।

