विराटनगरमा अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर राखिएको ६० किलो गाँजा बरामद गरेको छ।

मंगलबार राति करिब ११ बजे बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई जाँचका लागि रोक्न खोजेको थियो। सुरक्षाकर्मीले रोक्न खोजेपछि चालक भ्यान छाडेर फरार भएका थिए।

त्यसपछि भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद भ्यान र गाँजा आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।

सम्बन्धित खवर